काँग्रेसका शुभेच्छुक संस्थाहरूको विरोध प्रदर्शन


माघ २४, दैलेख
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरूले शनिवार दैलेखमा मौन विरोध प्रदर्शन गरेका        छन् । नेपाल टे«ड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन संघ, नेपाल प्रेस युनियन, लोकतान्त्रिक निर्माण व्यवसायी संघ, वित्तीय संस्था, स्कुल अफ डेमोक्रेसी लगायतका २० वटा शुभेच्छुक संस्थाहरूको आह्वानमा मौन प्रदर्शन गरिएको थियो ।
गणेश चौकबाट निस्केको ¥याली देपकोटा चौक, हँुदै लोकतान्त्रिक चौक पुगि सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले सर्व सत्तावाद मुर्दावाद, प्रतिनिधसभा पुनः स्थापना गर, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।समापन अवसरमा नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष यामराज कटुवालले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सभापति कृष्ण कुमार बिसिले पार्टीलाई साथ दिदै असैवधानीक कदम बिरुद्ध सबै एक जुट हुनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार